मन्त्री अर्यालले सगरमाथाकाे आधार शिविरमा पुग्न खर्चिन् ५० लाख

ज्येष्ठ १२, काठमाडौं । भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसहितको टोली सगरमाथाको आधार शिविर पुगेर फर्कदा झन्डै ५० लाख रुपैयाँ खर्च भएको पाइएको छ । मन्त्रीको टोली वैशाख २८ गते सगरमाथा बेस क्याम्प पुगी त्यसै दिन साँझ काठमाडौँ फर्केको थियो ।

टोलीले त्यतिबेला बेस क्याम्पमा झन्डै एक घन्टा कार्यक्रम गरेको थियो । नेपाली प्राविधिकहरु सगरमाथाको मापनमा रहेका बेला अनुगमनका नाममा मन्त्रीसहितको टोली तीनवटा हेलिकोप्टर लिएर बेस क्याम्पमा पुगेको थियो ।

काठमाडौँबाट लुक्लासम्म जहाजमा पुगेको टोली त्यहाँबाट भने नेपाली सेना र सिम्रिक एयरका हेलिकोप्टरमा लिएर फर्किएको थियो । सगरमाथाको मापनका लागि भन्दै नापीद्वारा भाडामा लीएका सिम्रक एयरका दुईवटा हेलिकोप्टर मन्त्रीको टोलीका लागि प्रयोग भएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.