भारतले कोसीको पानी छाड्दा डुब्यो नेपालको गाँउ

ज्येष्ठ १२, काठमाडौं । भारतीय पक्षले पूर्व सूचनाबिना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुबानमा परेको छ। गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकामा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा शुक्रबार पानी छाडेको छ।

पश्चिबाट अचानक भंगालो बगन थालेपछि गोबरगाढाका ९० घरपरिवार नदीले घेरिएका छन । भारतीय पक्षले एकतर्फी रुपमा तीन वर्षदेखि खन्दै आएको पाइलट च्यानलमा पानी छाडेको हो।नगरप्रमुख शैलेशकुमार साहले शुक्रबार साँझबाट गोबरगाढा जान र आउन नसकिएको बताए।

‘पानी छाड्ने भए पनि पूर्वसूचना जरुरी थियो,’ उनले भने, ‘बिनाजानकारी पानी छाडियो।’ गोबरगाढामा तीन सय हाराहारीमा बसोबार रहेको वडाध्यक्ष विन्देश्वरी यादबले बताए।नगरप्रमुख साहले ७०–८० किलोमिटर प्रतिघन्टाका दरले च्यानलमा पानी बगिरहेको बताए। ‘यस्तोमा कसरी बस्ती पुग्न सक्छन स्थानीय रु’उनले भने, ‘एकतर्फी रुपमा च्यानल बनाउनु र मललाग्दी पानी छाड्नु भारतीय पक्षको हेपाहा प्रवृत्ति हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.