प्रारम्भ खबर ।
जेठ १०, काठमाडौं । विगतदेखी गरिएको फलोअप र विहिबारको घटनाको समाचार प्रकाशनपछि प्रत्यक्ष प्रभावमा गोकर्णेश्वर स्थित राष्ट्रिय सहिद तथा शान्ती स्मृति (स्मारक) पार्कका अध्यक्ष सुदर्शन सिग्देलको बर्खास्त भएको छ ।
प्रारम्भ खबरको विशेष खोज टोलिले गत १ वर्ष अगाडिदेखि पार्क निर्माण कार्यमा देखिएका ढिलासुस्ती र अनिमियतताबारे अध्ययन अनुसन्धान गर्दै विभिन्न शृङ्खलाबद्ध समाचार प्रकाशन तथा प्रसारण गरिएको समाचारको प्रभाव स्थानीय जनता र सम्बन्धित निकायमा परेको छ । सूचना प्राप्तका लागि विभिन्न स्रोत साधन र आधार तयार गरि गरिएको खोज पत्रकारिताले पार्कभित्र अध्यक्ष सिग्देलले गरिएका गतिविधिमै बढी केन्द्रीकृत थियो । पार्क क्षेत्र जमिनको दुरुपयोग गर्दै निजि निवास निर्माणका लागि काडेबार फोड्ने र पार्क क्षेत्रमा गाईवस्तु चरण बनाउन खोजिएको भन्दै खबरदारीमुलक समाचार सम्प्रेषण गरेपछि उक्त कार्य तत्काल रोकिएको थियो । त्यस्तै पार्क व्यवस्थापन समितिको कार्यकाल सकिए पनि आफुखुशी कार्य गर्न लागिएको थाहापछी पुनः समाचार सम्प्रेषण गरियो । त्यसको प्रभाव पनि सहरी भवन निर्माण तथा विकास विभागले पार्क व्यवस्थापनका लागि मागिएको बजेट रोक्का गरियो ।
त्यसै अनुरुप विहिबार घटेको मात्रै घटेको घटनाको परिणामले सरकारले आज नै अध्यक्षलाई हटाएको छ ।
बिहिबारको बैठकमा यस्तो थियो :
पार्कको १३ औं स्थापना दिवसको अवसरमा छलफल गर्ने भनेर बोलाएको सदस्यहरुलाई नेपाल सरकारले यस अघि नै जारी गरिएको कार्यविधिलाई पार्कको कार्यविधि भन्दै आफुहरुलाई पंगु बनाउन खोजिएको आरोप लगाएको थियो । समिति नै वैधानिक नभएका अवस्थामा बैठक बोलाउने हैसियत नभएको थिए । अध्यक्ष सिग्देलमाथी सहभागीहरुले असन्तुष्टि जनाएका थिए । संस्थागत कामकारवाहीलाई नीजि कम्पनीको रुपमा सञ्चालन गर्दै आएको भन्दै बैठकमा सहभागीहरुले आपत्ति जनाएका थिए । गुरु योजना सहितको परियोजना अन्र्तगत निर्माणधीन पार्कको भौतिक संरचनाहरु लथालिङ्गा रहेको अवस्थामा तत्कालिन अध्यक्ष सिग्देलले २ कार्यकाल सम्हाले पनि कुनै परिवर्तन नआएको चौतर्फी आलोचना आईरहेको बेला अध्यक्षको हैसियतले विहिवार पार्कमा बैठक बोलाउदा सिग्देलमाथी सबै सहभागी खनिए ।
उक्त बैठकमा नेकपाका केन्द्रिय सदस्य एवम् सहिद प्रतिष्ठान नेपालका अध्यक्ष कृष्ण सापकोटाले पार्कले समग्र सहिदको उचित मूल्यांकन गर्न नसकिएको बताएका थिए । उनले पार्कलाई राजनीतिक दृष्ट्रिकोणबाट फरक तरिकाले हेर्नुपर्ने उल्लेख गर्दै सबैको साझा अपनत्व हुने वातावरण हुनुपर्ने बताउदै अध्यक्ष सापकोटाले राज्यले तत्काल उचित निर्णय गरेर अधिकार सम्पन्न पार्कमा नयाँ कार्य समिति गठन गर्नुपर्ने सुझाव दिएइएको थियो ।
तत्कालिन व्यवस्थापन समितिका कोषाध्यक्ष समेत रहेका हरिकृष्ण श्रेष्ठले बैठकमा बोल्दै पार्कमा अब सक्षम, सबल र पार्क निर्माण गर्ने खालको अध्यक्ष आउनुपर्ने तर्क राखेका थिए । बैठकको नाममा आफुखुसी निर्णय गर्दै पदाधिकारीहरुको घरघर धाउने काम बन्द हुनुपर्ने भन्दै सिग्देललाई इंगित गर्दै नयाँ कार्य समिति नबनेसम्म कसैले पनि पार्कको नाममा मनपरी गर्न नपाउन चेतावनी दिएका थिए । त्यस्तै बैठकमा सहभागी नेपाली काँग्रेसका प्रतिनिधि तथा पार्क व्यवस्थापन समितिको तत्कालिन महासचिव त्रिलोचन पौडेलले नयाँ अध्यक्षको सुरसार नै नभई आफू एक्लै हिड्ने र पार्कमा कुनै पनि पारदर्शी नभएको भन्दै आपत्ति जनाएका थिए ।
नेकपाका नेता तथा पुर्व नेकपा (एमाले) को तर्फबाट राष्ट्रिय सहिद यथा शान्ति पार्कमा पार्टी प्रतिनिधिको रूपमा प्रतिनिधित्व गर्दै आएका मन्दिर तिमिल्सिनाले अवधी नै समाप्त भएको कार्य समितिले अहिले बैधानिक कार्य समितिले जस्तै गरि पार्कमा आफ्नो गतिविधि र कार्य संचालन गर्नु अबैध र कानुनी दृष्टिकोणबाट समेत गैह्रकानुनी रहेको बताएका थिए ।अध्यक्ष सिग्देलले बैधानिक अध्यक्षको हैसियतले काम गर्ने गरेकोमा आपत्ति जनाउदै सबभन्दा पहिले बैधानिक रूपमा पार्कको कार्य समिति गठन गर्नको लागि उचित पहल कदमी गर्नु पर्ने र बैधानिक समिति गठन पश्चात् मात्रै पार्कका अन्य गतिविधि गर्न सकिने राखेका थिए । साथै उनले पार्कको कार्य समितिले आफ्नो हक भोगको छ सय पचास रोपनी भन्दा बढी जग्गा उक्त पार्कको कार्य समितिकै बेवास्ताको कारण भुमाफियाको कब्जामा पर्न गएकोले उक्त जग्गा अहिले यहाँको सर्वसाधारण जनताको हैसियतले गोकर्णेश्वर नगरपालिकासंग आवस्यक सहयोग लिइ आफ्नो हकभोगको जग्गामा पर्खाल/तारले घेरेर संरक्षण गर्नुपर्नेमा अध्यक्षले त्यसो नगरी बसेकोमा रोष प्रकट गरे । अबैध हुँदाहुँदै पनि बैधानिक अध्यक्षकै हैसियतले काम गरेको समेत अध्यक्षको काम र गतिविधिको चर्को आलोचना गरेका थिए ।
यसै गरि नेकपाका अर्का नेता छिरिङ लामाले अध्यक्षले बक्ताहरुको जिज्ञासाको शान्त पुर्वक सुन्ने धैर्यता अध्यक्ष जस्तो जिम्मेवार ब्यक्तिमा पटक्कै नदेखिएको आपत्ति जनाउदै अध्यक्षमा धैर्यता र शालिनताको अभाव रहेको भन्दै कटाक्ष गरेका थिए ।अध्यक्षको प्रस्तुति शैलीमा अत्यन्तै गैरजिम्मेवारीपुर्वक अभिव्यक्ति दिएको र अत्यन्तै हडबडाउनु मा अझै आस्चर्यको बिषय भएको भन्दै अध्यक्षलाई नाजवाफ र स्तब्ध पारेका थिए । एक्लै कुद्नुको कुनै औचित्य नहुनेमा समेत जोड दिएका थिए ।

