पूर्व प्रधानन्यायाधीश खत्रीको ९९ वर्षको उमेरमा निधन

जेठ १०, काठमाडौं । पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९९ वर्षको उमेरमा निधन भएको छ।

अल्जाइमरको समस्याबाट ग्रसित खत्रीको मेडिसिटी अस्पतालमा निधन भएको हो । उनी वि।स। २०३३ देखि ४२ सालसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेका थिए ।

दुई कार्यकाल राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष बनेका उनी कानुन सुधार आयोगको पनि अध्यक्ष भएर काम गरेका थिए। खत्रीका २ छोरा र २ छोरी रहेका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने खत्रीका भाई बलराम केसीले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.