मकवानपुर इन्द्रसरोवरको वत्सलादेवीमा अब इन्जिनेरिङ कक्षा

जेठ ९, थाहानगर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाकै नमुना बिद्यालय वत्सलादेवी माध्यमिक विद्यालयमा यसै शैक्षिक सत्र देखी प्राविधिक धार अनुरुप सिभिल इन्जिनियरिङ बिषयमा कक्षा संचालन सुरु भएको छ ।

यहि जेठ १५ गते देखि उक्त कक्षा संचालन हुने बिद्यालय ले सुचना प्रकाशन गरि जानकारी दिएको छ। विद्यालयले यश शैक्षिकसत्रका लागि कक्षा ९ मा ४८ जना मात्रको सिमित सितमा पढाइ हुने गरि जेठ १ गतेदेखी भर्ना खुलाएको जानकारी दिएको छ । गाउँघरमै बसेर सिभिल इन्जिनियरिङ पढ्न पाउने अवसरलाई पूरा गर्न विद्यालयले गरेको प्रयास स्वरुप यश शैक्षिकसत्र देखि सो विषयको अध्यापन गर्ने अनुमती प्राप्त गरेको हो ।

गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था सहित कक्षा ९ मा सिमित सिटका लागि मात्र भर्ना खुलेको कारण समयमै सिट सुरक्षित राख्न विद्यालयले आग्रह समेत गरेको छ भने विद्यालयको भुकम्प प्रतिरोधी आधुनिक भवन, पर्याप्त खेल मैदान, शान्त र अनुशासित वातावरण, अंग्रेजी र नेपाली दुबै माध्यमबाट कक्षा संचालन, कक्षा ४ देखि १२ सम्म कम्प्युटर कक्षा र प्राक्टिकल, साइन्स तथा कम्प्युटर ल्याब, लाइब्रेरी र कन्फ्रेन्स हल,अडियो भिजुवेल कक्षा कोठा, कक्षा ११ र १२ मा म्यानेजमेन्ट तथा एजुकेसन विषयको आध्यापन, प्रत्येक कक्षामा सि सि क्यामेराको व्यवस्था, स्वच्छ खानेपानी र आधुनिक शौचालय, फुटबल, भलिबल, गायन ÷ नृत्य लगायतका क्रियाकलाप, दक्ष र अनुभवी शिक्षक तथा उच्च व्यवस्थापन लगायतका विशेषताहरु रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.