जेठ ९, रुकुम । रुकुम पूर्वमा छोराले आफ्नै बुवाको हत्या गरेका छन । जिल्लाको भुमे गाउँपालिका –७ गुनामका २० वर्षीय विरत विकले आफ्नै बुवा ४१ वर्षीय रमन विकलाई खुकुरी प्रहार गरी हत्या हुन ।
बिहीबार बिहान ५ बजे विरत विकले खुकुरी प्रहार गरी हत्या गरेका हुन । घरायासी विवाद एवं मनमुटावका कारण उनले हत्या गरेको हुन सक्ने प्रारम्भि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।

