जेठ ९, काठमाडौं । साताको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा सुनको मूल्यमा २०० ले गिरावट आएको हो ।
बुधबार तोलामा ५९ हजार ४ सयमा कारोबार भएको सुन आज २ सयले घटेर तोलामा ५९ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलमा ५९ हजार ९ सयमा कारोबार भइरहँदा चाँदी तोलामा ७ सयमा कारोबार भईरहेको छ ।

