जेठ ८, काठमाडौं । ईपीएस मार्फत सन २०२० मा दक्षिण कोरिया जानका लागि आवेदन दिएका विद्यार्थीले दिने परीक्ष केन्द्र निर्धारण भएको छ । यसपालि ईपीएको परिक्षा काठमाडौं, ललितपुर, काठमाडौं र कास्कीको पोखरा गरी ३ ठाउँमा संचालन गरिने भएको छ ।
आगामी जेठ २५ र २६ गते सञ्चालन हुने कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीका तीन जिल्लको ३२ ठाउँमा परीक्षा केन्द्र तोेकेको छ । जसमा काठमाडौ जिल्ला अन्तर्गत २१ परीक्षकेन्द्र, ललितपुरमा ७ परीक्षा केन्द्र साथै पोखरामा ठाउँमा तोकिएको छ ।
विगतका बर्षहरुमा भन्दा यो बर्ष धेरैको आवेदन परेको हुुनाले चारवटा केन्द्र थपीएको ईपीएस कोरिया शाखाले जनाएको छ । शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले दिएको जानकारी अनुसार यो बर्ष ९२ हजार ३७६ जनाले कोरियाली भाषा परीक्षाका लागि आवेदन दिएका छन ।
सबैभन्दा बढी उत्पादनतर्फ ६३ हजार ४८७ जनाको आवेदन परेको छ भने कृषितर्फ २८ हजार ८८६ जनाको आवेदन परेको बताए ।
आवेदन दिनेमध्ये ७७ हजार ३९३ पुरुष र १४ हजार ९८३ महिला रहेका छन । यो पटक आवेदन दिनेको सङ्ख्या गत वर्षभन्दा १० हजार ११२ जनाले बढी हो । बिगत बाह्रबर्ष अघिबाट दक्षिण कोरियाले ईपीएस मार्फत नेपाली कामदार लौजाँदै आएको छ ।

