बाल रोग विशेषज्ञ डा अग्रवालको निधन

जेठ ८, विराटनगर । कोसी अञ्चल अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा बिमल अग्रवालको उपचारका क्रममा निधन भएको छ।

मुट्को एन्जियोग्राफी गर्ने क्रममा मस्तिष्कघात भएपछि गम्भिर बनेका डा अग्रवालको उपचारकै क्रममा विराटनगरकै नोवल मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको हो। अग्रवाललाई उपचारका लागि गत वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो। उनको मंगलबार राती साढे १० बजे निधन भएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.