परिणाम नआउँदै भाजपाको रात्रिभोज

जेठ ८, नयाँ दिल्ली । भारतमा भोलि लोकसभा निर्वाचनको परिणाम आउँदैछ । त्यसअघि नै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धमा आवद्ध दलहरुलाई मंगलबार रात्रि भोजमा बोलाइएको छ ।

भाजपाका अध्यक्ष अमित शाहले उनीहरुलाई रात्रिभोजमा बोलाएका हुन् । भाजपाले चुनाव जित्ने भनेर यसअघि नै एक्जिट पोलमा आएपनि विपक्षीहरुले भने त्यसलाई विश्वास गरेका छैनन् । भाजपाको मुख्यालयमा आयोजित सो कार्यक्रममा प्रधानमन्त्री नरेन्द मोदी लगायतका सहभागी थिए । कार्यक्रममा निर्वाचनको समयमा गरिएको सहयोगलाई लिएर धन्यवाद दिइएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.