उपचारका क्रममा बालकको मृत्यु, मेडिकल सञ्चालक पक्राउ

जेठ ७, दाङ । दाङमा एक बालकको उपचारका क्रममा मृत्यु भएको छ। बालकको मृत्यु भएपछि मेडिकल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अर्घाखाँची शितगंगा नगरपालिका–८ का हरीबहादुर कुमालका १८ महिनाको छोरा सुसान्त कुमालको उपचारका क्रममा मृत्यु भएको हो। सुसान्तलाई सोमबार उपचारका लागि गढवा गाउँपालिका–१ जेठानगाउँमा रहेको यूनिक मेडिकलमा उपचारका लागि लगिएको थियो।

उपचारका क्रममा बालकलाई सेफान्टल ०.२५ जिएम र डेक्सोना ०.२ एमजी मिलाएर सिरिन्ज लगाइएको थियो। त्यसपछि बालक झन सिरियस भई बेहोस भएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्त विनोद विक्रम शाहले जानकारी दिए। बुटवलमा चेकजाँचका क्रममा नै बालकको मृत्यु भएको थियो। त्यसपछि आफन्तको उजुरीका आधारमा प्रहरीले मेडिकल सञ्चालक चेतराम चौधरीलाई पक्राउ गरेको हो। पक्राउपछि उक्त विषयमा थप अध्ययन भइरहेको प्रवक्ता शाहले बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.