नेपाली काँग्रेस रामेछाप जिल्ला सदस्य सलाम तामाङले काभ्रेका दुई माला व्यवसायीलाई धम्की दिएका छन् ।
रामेछाप सुनपाती गाउँपालिका वडा नं. ४ हल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ५ पण्डा बजार बस्दै आएका तामाङले गत बैशाख १८ गते काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ३ का माला व्यवसायी बुद्ध तामाङ र सोही गाउँपालिका वडा नं. ९ का ग्ले दुधराज लामालाई मोवाईलमार्फत धम्की दिएका हुन् ।
काभ्रेका बुद्ध तामाङ र दुधराज लामाले कानुनी प्रकृया पूरा गरी दुईपक्षविचको समाझदारीमा रामेछाप जिल्ला सुनपाती गाउँपालिका वडा नं. ५ निवासी धनरुपा कामी, नानीबाबु कामी, जितबहादुर कामी र खड्ग बहादुर कामीवीच ५ वर्ष सम्म बुद्धचित्त मालाको रुखमा फलेको दाना लिने दिने गरी दोहोरो करारनामा गरिएको पाएको छ । उक्त मालाको दाना गत वर्ष प्रथम पक्ष नीज मालाको धनी र दोस्रो पक्षका बुद्ध तामाङ र दुधराज लामाको संयुक्त कम्पनी तोङसुम कुण्ड हेरिनेला डुपेज सप्लायर्सले रु. बीस लाख तिरेर माला खरिद गरिएको छ । सम्झौताअनुसार यस वर्ष पनि उक्त रुखमा फलेको मालाको दाना संरक्षणको लागि काडेतार लगाउने क्रममा फोनमार्फत धम्कीपूर्ण भाषा प्रयोग गरि मालाको रुख समेत काटिदिने चेतवानी दिएको पीडितहरुले बताएका छन् ।

