जेठ ६, काठमाडौँ । बम बनाउने क्रममा पर्वतमा दुई युवा घाइते भएका छन् । पर्वतको विहादी गाउँपालिका ६ शालिग्राम छापमा आफैँले बनाइरहेको बम बिस्फोट हुँदा उनीहरु घाईते भएका हुन् ।
आइतबार साँँझ जीआई पाइप र सलाईको सहायताबाट सकेट बम बनाइरहेको अवस्थामा बिस्फोट भएपछि २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना घाइते भएको प्रहरीले जनाएको छ । विस्फोटमा परि गम्भीर घाईते भएका छविलालको गण्डकी क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ भने समिरको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहको छ ।
बम बनाउने उनीहरुको निगरानी कडा पारिएको प्रहरीको भनाई रहेको छ ।

