‘विप्लव’ नेतृत्वको नेकपाले आईतबारको शैक्षिक हड्ताल फिर्ता

जेठ ४, काठमाडौं । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आईतबारको शैक्षिक हड्ताल फिर्ता लिएको छ ।

आफ्नो विद्यार्थी संगठनका अध्यक्ष चिरन्जीबी ढकाललाई प्रहरीले पक्राउ गरेको भन्दै बैशाख ५ गते विप्लव समूहको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) शैक्षिक हड्ताल आह्वान गरेको थियो । पक्राउ परेका अध्यक्ष ढकाल रिहा भएपछि अखिल (क्रान्तिकारी) ले शैक्षिक हड्ताल फिर्ता लिएको उपाध्यक्ष रुद्र भट्टराईले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गत वैशाख २७ गते शुक्रबार ११ बिद्यार्थी संगठनको संयुक्त पत्रकार सम्मेलनको क्रममा अध्यक्ष ढकाललाई प्रहरीले पक्राउ गरेको थियो । शुक्रबार काठमाडौ जिल्ला अदालतले थुनछेक बहसपछि ढकाललाई साधारण तारेखमा रिहा गरेको थियो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.