बुद्ध जयन्तीको पूर्व सन्ध्यमा बौद्ध परिसर सरसफाई

प्रारम्भ खबर ।
जेठ ३, काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध परिसरमा सरसफाई तथा अव्यवस्थित रहेको बिजुलीका तारहरु हटाएको छ ।

बुद्ध जयन्तीको पूर्व सन्ध्यमा सरसफाई गरी भक्तजन तथा धर्मगुरुहरुको स्वागत गर्ने योजनाका साथ विकास समितिले सरसफाई अभियानलाई तिब्र बनाएको छ । शनिवार बौद्धनाथ क्षेत्रमा विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाउन लागिएको छ । बौद्ध क्षेत्रमा केही दिन अगाडीको स्थानीयवासी तथा व्यवसायीहरुको चर्को आन्दोलनपछि सडक कालोपत्रे सुरुसंगै सडक छेउमा रहेको बिजुलीको पोल तथा तारहरु उठाएको छ ।

बुद्ध जयन्तीको दिन  बौद्ध धर्म परम्परा अनुसार लामा गुरुहरुद्वारा पूजा पाठ तथा वाङ मोलम  आशिर्वाद दिने  कार्यलाई सहज बनाउनका लागि बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा विभिन्न सामाजिक संघसंस्था तथा युवा क्लहरुको संयुक्त रुपमा व्यवस्थापन समिति बनाएको छ । बौद्धमा शान्ति पाठ तथा पुजा गरिने आयोजकले जनाएको छ । बौद्ध क्षेत्रमा बुद्धको तस्बीरसहित स्वागत गेट समेत राखिएको छ ।

काठमाडौं महानगरपालिकाको नगरप्रहरी सहित विभिन्न विद्यालयका विद्यार्थी तथा स्थानीयहरुको सहभागीतामा शुक्रबार विहानैदेखि सरसफाई गरिएको थियो । २५६३ औं बुद्ध जयन्ती देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाईदै छ ।  बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण बर्ष २०७६ को औपचारिक शुभारम्भ पनि भोलि जेठ ४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.