जेठ ३, काठमाडौं । गायिका बबी लिम्बुको सुमधुर स्वरमा लोक आधुनिक गीत “बर्षियो माया” सार्वजनिक भएको छ ।
संगीतकार एवम गायक बाबुल गिरीको शव्द÷संगीत र संयोजनमा रहेको उक्त गीत ओएसआर डिजीटलको युट्युव च्यानल मार्फत आज सार्वजनिक भएको हो । मन्जुश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिस्ट नारायण आचार्य रहेका छन भने मिक्सिङ प्रकाश् खरेलले गरेका छन् भने गीतको मोडलिङमा एलिशा राई रहेकी छिन् । गीतमा समुह नृत्य एवम एलिशाको नृत्य दमदार देखिएको छ । थुप्रै आधुनिक एवम चलचित्रका गीतमा संगीत दिइसकेका बाबुल गिरीको उत्कृष्ट शव्द रचना र संगीत रहेकाले यो गीतले सफलता पाउने देखिएको छ ।
अर्जुन तिवारीले छायाँकन गरेको म्युजिक भिडियोको निर्देशन राजिव समरले गरेका छन् भने भिडियो सम्पादन विवेक सुनारले गरेका छन् ।

