काभ्रेको डाँडापारी बस सेवा सञ्चालन, स्थानीयहरु हर्षित

जेठ ३, काठमाडौँ । राजधानीको नजिक तर जिल्लाकै विकासको हिसावले पछाडि रहेको काभ्रेको डाँडापारीस्थित खानीखोला गाउँपालिकाको जगथलीसम्म सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ । गाउँसम्म बस सञ्चालन भएपछि स्थानीय हर्षित् बनेका छन्। केही ठाउँमा बाटो स्तरोन्नती गरेपछि हिउँद र वर्षयाममा नै नियमित बस सञ्चालन हुने सञ्चालक समितिले जानकारी दिइएको छ ।

सहजै यातायातको सुविधा नभएकै कारण डाँडापारीका हजारौं जनताले सदरमुकाम धुलिखेल तथा प्रशासनिक केन्द्रमा आउजाउ गर्न निकै सास्ती खेप्दै आएका थिए । सार्वजनिक बस नै सञ्चालनमा आएपछि स्थानियले यस समस्याबाट अहिले मुक्ति पाएका छन् । अब यो सेवा स्थायी होस् भन्नेमा जोड दिन्छन् स्थानीयहरु ।

बिहिबार बस तथा एम्बुलेन्स सेवाको उद्घाटनका क्रममा ३ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले भने– “आधारभूत सुविधाहरुबाट अब डाँडापारीवासी विमुख हुनुहुन्न, ३ नम्बर प्रदेशका स्थानीय तहहरुमध्ये खानीखोला र महाभारत गाउँपालिका विकासको पहिलो हकदार हुन्, त्यसै अनुसार जनप्रतिनिधिको भुमिका आवश्यक छ ।” उहाँले ३ नम्बर प्रदेशका बटम १० विकट गाउँपालिकाहरुको नाम निकाल्दा खानीखोला र महाभारत गाउँपालिका पनि परेको जानकारी दिनुभयो । उहाँको प्रतिवद्धता छ–“अब यी दुइ वटै गाउँपालिकालाई विकसित बनाउन हामी लागि पर्छौ ।” प्रदेश सांसद चन्द्र लामा र रत्न ढकालले पनि विकासको गतिलाई तिब्र बनाउन आफुहरु लाग्ने प्रतिबद्धता व्यक्त गरे । गाउँपालिका,प्रदेश र संघीय सरकारबिचको समन्वयकारी भुमिकाबाट डाँडापारीका हरेक समस्या चिर्न सकिने सांसदहरुको भनाई छ ।

त्यस्तै वर्षौंको प्रयासपछि खानीखोला गाउँपालिका वडा नं. ४ जगथलीलाई यातायात सञ्जालमा जोड्न सकेको गाउँपालिका प्रमुख कृष्ण खुलालले बताएका छन् । गाउँपालिकाले सार्वजनिक बस सेवाका साथै एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले झण्डै ११ लाख बराबरमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको प्रमुख खुलालले जानकारी दिए । अकालमा कोही कसैले ज्यान गुमाउनुबाट बचाउन जनताको स्वास्थ्यप्रति आफू निकै गम्भीर बनेको प्रमुखको भनाई छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.