नेकपाले जनवर्गीय संगठनको भागबन्डा यसरी टुंग्यायो

जेठ २,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनवर्गीय संगठनको भागवण्डा टुंगिएको छ । नेकपाको सचिवालय बैठकले सबै जनवर्गीय संगठनको प्रमुखको जिम्मेवारी टुंग्याएको हो ।

अनेरास्ववियूको अध्यक्ष– ऐन महर
वाईसीएलको अध्यक्ष– दीपशीखा
महिलाको अध्यक्ष– अमृता थापामगर
पत्रकारको अध्यक्ष– महेश्वर दाहाल
बुद्धिजीवीको अध्यक्ष– डा. दिनेशचन्द्र देवकोटा
मजदूरको अध्यक्ष– विनोद श्रेष्ठ

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अनेरास्ववियूको अध्यक्षमा पूर्व एमालेबाट ऐन महर, युवाको अध्यक्षमा पूर्व माओवादीबाट रामप्रसाद सापकोटा दीपशीखा, महिलाको अध्यक्षमा पूर्वमाओवादीबाट अमृता थापामगर, पत्रकारको अध्यक्षमा पूर्व माओवादीबाट महेश्वर दाहाल, वुद्धिजीवीको अध्यक्षमा पूर्व एमालेबाट डा दिनेशचन्द्र देवकोटा र मजदुरको अध्यक्षमा पूर्व एमालेबाट विनोद श्रेष्ठ चयन भएका छन् ।

सचिवालय सदस्यका अनुसार बैठकले निर्णय गरेका विषय भोली सार्वजनिक गर्ने तयारी गरिएको छ । एकता प्रकृयाका सबैजसो विषयमा सहमतिका साथ निर्णय भएको ती सदस्यले जानकारी दिए । अन्यको नाम सार्वजनिक हुन बाँकी छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.