कालोपुलमा २० वर्षीया युवतीमाथि एसिड प्रहार

जेठ १, काठमाडौं । काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ ।

बुधबार राति कालोपुल नजिकै डेरा गरी बस्‍ने दोलखाकी २० वर्षीया युवतीमाथि एसिड प्रहार भएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।डीआईजी पोखरेलका अनुसार एसिड प्रहारबाट ती युवतीको अनुहार र शरीको केही भाग जलेको छ । अहिले ती युवतीको उपचारका लागि अस्पताल लगिएको छ । एसिड प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको डीआईजी पोखरेलले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.