ज्येष्ठ ०१, बाजुरा । जिल्लाकी एक सुत्केरीलाई एक महिनाअघिबाट गोठमै राखिएको छ ।
सुत्केरीलाइ घरभित्र राख्नुहुन्न भन्ने परमपरागत सोचका कारण जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–५ की धर्मा बुढा सुत्केरी भएको समयमा पनि गोठमा बस्न बाध्य छिन । उनलाइ परिवारकै सदस्यहरुले त्यहा राखेका हुन ।
दिउँसै अँध्यारो गोठ निहुरिएर भित्र पस्नुपर्ने अवस्थाको छ । गोठमा झ्याल छैन, सानो दुलोजस्तो ढोका छ ।एकातिर गोरु छन भने अर्कोतिर कुखुराको खोर छ । त्यहीँ उनी नवजात शिशुलाई लिएर बस्दै आएकी छिन् ।

