रोगको औषधि बनाउन गौमुत्र प्रशोधन गरिँदै

ज्येष्ठ ०१, काठमाडौं । स्वर्गद्वारी आश्रमले गौमुत्र प्रशोधन सुरु गरेको छ। विभिन्न रोग निधानका लागि प्रयोग गर्ने गरी गौमुत्र प्रशोधन सुरु गरेको आश्रमले जनाएको छ।

ज्ञ्ाष्ट्रिक, अल्सर, रुघाखोकी, बाथ लगायत रोगको उपचारका लागि प्रशोधित गौमुत्र उपयोगी हुने आश्रमका सहायक कोठारी बाबुराम न्यौपानेले बताए।

‘प्रशोधित गौमुत्रसँगै आयुर्वेद डाक्टरको सल्लाहअनुसार विभिन्न जडिबुटी पनि मिसाउँदै आएका छौँ,’ न्यौपानले भने, ‘अत्याधुनिक उपकरणमा आगोको तापबाट वाष्पीकरण गरी औषधिका लागि गौमुत्र तयार गरिन्छ।’ हर्रो, बर्रो, अमला, चिराइतो लगायतका जडिबुटी पनि गौमुत्रमा मिसावट गर्ने उनले बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.