तिव्र गतिमा आएको हावाहुरीबाट ठुलो क्षति, २९ वटा विद्युतको पोल ढल्यो

बैशाख ३१, विराटनगर । सोमबार राति आएको आवाहुरीले मोरङको ग्रामथान गाँउपालिकामा ठुलो क्षति पु¥याएको छ ।

राति ११ बजे करिब आधा घण्टा सम्म आएको हावाहुरीका कारण ग्रामथान गांउपालिकको वडानम्बर ३ स्थित घरका छाना साथै २९ वटा विद्युतको पोल ढलेको छ । हुरीले विराटनगर–विराटचोक सडकखण्डमा पर्ने पिडारबनी चोक उत्तरतर्फको सडकमा राखिएका सिमेन्ट र फलामे पोल ढलेको हो ।

विद्युतको पोल ढलेका कारण सो क्षेत्रमा पर्ने लखन्तरी, भैसावारी गिधनिया,तेतरीया,मोतीपुर,डंगटोली,थलहा र सिध्राहामा विद्युत सेवा अवरुद्ध भएको विराटनगर स्थित विद्युत वितरण केन्द्रले जनाएको छ । ढलेका पोलको मर्मत सम्भार गर्न एक दुई दिन लाग्ने सो कार्यालयले जनाएको छ ।

तिव्र गतिमा आएको हावाहुरीका कारण स्थानीयहरुको घरको छाना , घरमा राखेको अन्नपात ,टेलीभिजन सेट साथै पंखाहरुमा पनि क्षति पु¥याएको स्थानीयहरुले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.