प्रदेश २ प्रहरीले सुरु गरे लापसे जाँच

बैशाख ३१, जनकपुर । प्रदेश २ प्रहरीले मादक पदार्थ सेवन ९मापसे० का साथै लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाए नचलाएको जाँच गरेको छ ।

मादक पदार्थसँगै लागुऔषध प्रयोग गरेर पनि सवारी चलाउने क्रम बढेपछि यो अभियान सुरु गरिएको प्रदेश २ का ट्राफिक प्रहरी प्रमुख एसपी योगबहादुर पालले जानकारी दिए । हाल बारा र सप्तरीका केही सवारी चालकमा लागुपदार्थ प्रयोग गरे÷नगरेको जाँच गरिएको छ । उनका अनुसार लापसे जाँच अभियान केही दिनभित्रै प्रदेशका आठ वटै जिल्लामा विस्तार गरिनेछ । लापसे अन्तर्गत बारामा ५३ जना र सप्तरीमा १० जना सवारी चालकको पिसाब परीक्षण गरिएको छ ।

यस क्रममा दुई जनाले लागुऔषध गाँजा प्रयोग गरेको फेला परेको उपरीक्षक पालले बताए । उनीहरुलाई दिनभर नियन्त्रणमा लिई जरिवाना तिराएर आगामी दिनमा यस्तो नगर्न सचेत गराएर छाडिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.