युवतीलाई बलात्कार गरेको आरोपमा वडासदस्य पक्राउ

बैशाख ३१, ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिका ३ का वडासदस्य युवती बलात्कारको आरोपमा पक्राउ परेका छन । आफैले सञ्चालन गरेको इटाभट्टामा कामगर्ने कामदार युवतीलाई कारखानामा नै बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन ।

गत चैत चैत ७ गते सदस्य विष्णु श्रेष्ठले एक स्थानीय युवतीलाई बलात्कार गरेको उजुरी चैत ९ गते दर्ता भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । पीडित युवतीले नै मुद्दा दर्ता गरेको र त्यसपछि खोजी गर्दा उनी फरार रहेको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले सोममबार ओखलढुङ्गाबाटै पक्राउ गरेको हो। लामो समयसम्म सम्पर्कविहीन रहेका बुबालाई जिल्ला प्रहरी कार्यालय ल्याउँदै गर्दा बाटोबाटै प्रहरीले नियन्त्रणमा लिएको आरोपीका छोरा राजु श्रेष्ठले बताएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.