नेप्से सुचक उकालो लाग्यो

बैशाख ३१, काठमाडाैँ । नेप्से सूचक मंगलबार १४।१२ अंकले बढेर १३१५।४५ विन्दुमा आइपुगेको छ । समग्रमा बजार १।०८५ ले बढेको हो । १७० कम्पनीको १ अर्ब ३ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ३१ लाख ६६ हजार ४६७ कित्ता सेयर खरिदबिक्री भएका छन ।

कुल १२ वटा समूहको सेयर कारोबार भएकामा व्यापारिक बाहेक बाँकी सबै समूहका सूचक हरिया भएका छन । सबैभन्दा धेरै निर्जीवन बिमा समूह १४५।८४ अंकले माथि लागेको छ । वाणिज्य बैंक समूहको सूचक पनि १४।१४ अंकले बढेको छ । कारोबार रकममा नेपाल बैंकले अग्रता लिएको छ । यसको १ अर्ब ३ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम सिमेन्ट्स र कृषि विकास बैंक परेका छन ।

यस दिन सबैभन्दा धेरै कमाउने प्रमुख ३ कम्पनीमा क्रमशः राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय बिमा कम्पनी संस्थापक र शिवम सिमेन्ट्स रहेका छन । तीन वटै कम्पनीमा सर्किट ब्रेकर लागेको हो । यता, अधिकतम गुमाउनेमा सूर्योदय लघुवित्त कम्पनीका लगानीकर्ता छन । यसको भाउ ७।५५ प्रतिशतले तल झरेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.