यौन क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले थाल्याे नयाँ तरिका

बैशाख ३१, काठमाडौं । महानगरीय प्रहरी परिसर (काठमाडौं) ले राजधानीका विभिन्न स्थानमा हुने यौन क्रियाकलाप तथा खुलमखुला रूपमा हुने यौन बार्गेनिङ रोक्न अभियान सुरु गरेको छ।

सार्वजनिक स्थानमा अपाच्य हुनेगरी यौन लक्षित क्रियाकलाप बढ्न थालेको भन्दै परिसरले त्यस्ता गतिविधि रोक्न विशेष अभियान आइतबार सुरु गरेको हो। मानिसलाई पच्नै नसक्ने गरी अनैतिक क्रियाकलाप हुन थालेपछि प्रहरीले राजधानीमा त्यस्ता गतिविधि रोक्न अभियान सुरु गरेको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताएका छन्।

आइतबार मात्रै प्रहरीले राजधानीका नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, कलंकीलगायतका क्षेत्रबाट विभिन्न व्यक्ति पक्राउ गरेको जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.