बैशाख ३१, मुगु । नेपालको सबै भन्दा ठूलो ताल रारालाई प्रचार प्रसार गरी पर्यटनलाई भित्राउने उद्देश्यका साथ रारामा प्रथम कर्णाली प्रदेश स्तरीय पहिलो पटक दौड प्रतियोगिता गर्न लागेको छ ।
प्रधान सेनापति कमाण्डर मार्ग निर्देशन २०७५ को लक्ष्य नं।४ मा उल्लेख भए अनुसार खेलकुद मार्फत राष्ट्रिय प्रतिष्ठान, गैरव र राष्ट्रिय स्तरका खेलाडीको संख्या वृद्धि गर्ने हेतुले विभिन्न स्थानमा नेपाली सेनाले खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएका छन ।
आगामी बैशाख ८ गते राष्ट्रिय जैव विविधता दिवसको दिन प्राकृतिक मनोरम दृश्यले भरिपूर्ण रारा तालमा प्रतियोगिता हुने भएको छ । कर्णाली प्रदेशको जिल्लाहरुका खेलाडी ,नेपाली सेना ,सुरक्षा निकाय,कर्णाली प्रदेशका दशै जिल्लाका स्थानीय खेलाडीहरुको सहभागितामा नेपाली सेना रारा ताल दैड २०७६ आयोजना गरिने भएको हो ।
दौड प्रतियोगितामा एक सय जनासम्म खेलाडीहरुको सहभागीता हुन सक्ने बताइएको छ। खेलाडीहरुको लागि पुरस्कार वितरण गर्ने भएको छ । प्रथमका लागि ५०हजार, दोस्रा हुनेले ३०हजार र तेस्रो खेलाडीका लागि २० हजार नगद र मेडल प्रमाण पत्र दिने भएको छ ।
कर्णाली प्रदेशकै पहिलो पटक रारामा सञ्चालन हुन लागेको यो दैड प्रतियोगिता समुन्द्रय सतह देखि २९ ससको उचाइमा छ । खेलाडीहरुका लागि स्वास्थ्य कर्मी र अन्य व्यवस्था समेत मिलाएको सेनानि रबि केसीले बताएका छन ।
कणाली प्रदेश स्तरीय दौड प्रतियोगिता मार्फत रारा तालको प्रचार प्रसार र संरक्षण गर्नका लागि सम्पूर्ण सरोकारवालाहलाई सहयोग गर्नको साथै खेलाडीहरुको संख्या बढाइ दिन प्रमुख जिल्ला अधिकारी जयकुराम धिमिरेले आग्रह गरेका छन ।

