बाङ्मय पुरुष सत्यमोहन जोशी आजदेखि १ सय बर्षमा प्रवेश

बैशाख ३०, काठमाडौं । बाङ्मय पुरुष सत्यमोहन जोशी आजदेखि १ सय बर्षमा प्रवेश गरेका छन् ।

उनको सयौं जन्मदिनको अवसर पारेर ललितपुर महानगरपालिकाले आज विशेष कार्यक्रम गर्दैछ । जोशीको जन्मदिन मनाउन ललितपुर मानगरपालिका मेयर चिरिबाबु महर्जनको अध्यक्षतामा १ सय ११ सदस्यीय आयोजक समिति पनि गठन गरिएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिमा सार्वजनिक विदा पनि दिइएको छ । जोशीलाई बग्गीमा राखेर आज मंगलबजारदेखि इटी, कुमारीपाटी, जावलाखेल हुँदै पुल्चोक ल्याइने कार्यक्रम छ । सार्वजनिक रथारोहण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्डले पनि साथ दिने छ । सो अवसरमा परम्परागत नेवारी बाजाले पनि जोशीको स्वागत गरिने छ ।

जीवनी

बाबु शंकरदास (शंकरराज) जोशी र आमा राजकुमारी (नोगलदेवी)का सुपुत्रका रूपमा वि.सं. १९७७ साल वैशाखमा बखुम्बहाल, ललितपुरमा जन्मेका सत्यमोहन जोशीले हाम्रो लोकसंस्कृतिका लागि पहिलोपटक वि.सं. २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक वि.सं. २०१७ सालमा, र कर्णाली लोकसंस्कृति नामक ग्रन्थको लागि उनले संयुक्त रूपमा तेस्रोपटक वि.सं. २०२८ सालमा मदन पुरस्कार प्राप्त गरे। डा. सत्यमोहन जोशी नेपालका संस्कृतिविद हुन। सत्य मोहन जोशी साहित्यकार पनि हुन्। उनले त्रिचन्द्र कलेजबाट बिएसम्म अध्ययन गरेका छन्। उहाँले वि.सं. २०१३ सालमा लोक संस्कृतिमा मदन पुरस्कार प्राप्त गरेका थिए। जोशी वि.सं. २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक थिए। वि.सं. २०१६ सालमा पाँचौ शताब्दीदेखि बिसौ शताब्दीसम्मको मुद्राको विस्तृत विवरण सहितको नेपाली मुद्रा नामक पुस्तक प्रकाशित गरे। जसबाट जोशीले दोस्रो पटक मदन पुरस्कार हात पारे।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ। नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । उनले तीन पटक सम्म मदन पुरस्कार जित्ज सफल भएका जोशी प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथासङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.