बालबालिकाको आँखामा पनि क्यान्सर

वैशाख ३०, काठमाडौैं । राजधानीवासी एक बालिकाको जन्मेको सात दिनमै आँखाको नानीको भाग सेतो देखियो। आँखा रातो र रसिलो भइरह्यो। अस्पताल पुगेर परीक्षण गर्दासम्म लक्षणहरुले क्यान्सरको रुप लीसकेको रहेछ।

सामान्य समस्या सोचेर अस्पताल पुगेका बालिकाका बाबुले आँखाको पनि क्यान्सर हुन्छ भन्ने पत्याउन सकेनन्। आत्तिए मात्र। चिकित्सकसँग परामर्शपछि उपचार थालियो। ६ पटक केमोथेरापी दिएपछि बालिका अहिले क्यान्सरमुक्त भइसकिन।

क्यान्सर मुक्त भए पनि उनको एउटा आँखा भने निकालिएको छ। चाँडै उपचार गरिएका कारण बालिकाको अर्को आँखा र ज्यान बचाउन सकिएको डा बेन लिम्बु बताउँछन्। विश्व स्वास्थ्य संगठनका अनुसार २० हजार नवजात शिशुमध्ये १ मा यस्तो समस्या देखिन्छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.