बार्सिलोनाले सस्तैमा बेच्न लागेपछि मर्माहत भएका राकिटिकले भावुक हुँदै यस्तो भने

बैशाख २९, काठमाडौं। च्याम्पियन्स लिगबाट आउट भएपछि स्पेनिस बार्सिलोनाले आगामी समर सिजनमा ११ जना खेलाडी बेच्ने तयारी गरेको छ । उसले बेच्ने खेलाडीको सूचीमा केही स्टार खेलाडीसमेत रहेका छन । जसमा ब्राजिलियन फिलिपे कोउटिन्होदेखि क्रोएसियन इभान राकिटिकसमेत रहेका छन । बार्सिलोनाले समर सिजनमा बेच्ने चर्चामा रहेका स्टार मिडफिल्डर राकिटिकले भने आफू बार्सिलोनामै रहने बताएका छन । सन २०१४ देखि बार्सिलोनाबाट खेलिरहेका उनले आफूले बार्सिलोनाबाट खेल करिअर बिट मार्न चाहेको बताए ।

बार्सिलोना च्याम्पियन्स लिगमा लिभरपुलसँग ४–० ले पराजित हुँदै बाहिरिँदा राकिटिकले खराब प्रदर्शन गरेको भन्दै उनको आलोचना भइरहेको छ । पछिल्लो समय लयमा नरहेका राकिटिकलाई क्लबले आगामी समरमा बेच्ने तयारी गरिरहँदा उनले भने यसलाई इन्कार गरेका छन ।

शनिबार सामाजिक सन्जालमा लेख्दै राकिटिकले आफू बार्सिलोनामा खुसी रहेको बताएका छन । उनले आफू टिमको प्रदर्शनमा केन्द्रित रहेको पनि बताएका छन । ‘म अहिले बार्सिलोनामा केन्द्रित हुन चाहन्छु । र, म अझै थुप्रै वर्ष यहीं बिताउन चाहन्छु,’ राकिटिकले भने, ‘म अझै यहाँबाट थुप्रै उपाधि जित्न चाहन्छु ।’

राकिटिकले आफूले टिमका लागि सबथोक दिँदै आएको भन्दै आगामी दिनमा पनि सबथोक दिन तयार रहेको बताए । ‘बार्सिलोना मेरा लागि घर हो । मैले यहाँ जीवनका सुन्दर ५ वर्ष बिताइसकें,’ उनले भने, ‘म यहाँ खुसी छु । र, यहींबाट फुटबल बिसाउन चाहन्छु । म टिमका लागि सबथोक दिन तयार छु ।’

राकिटिकलाई इटालियन क्लब इन्टर मिलालने भित्र्याउन चाहको चर्चा छ । बार्सिलोना राकिटिकलाई ५० मिलियन युरोमा बेच्न तयार देखिन्छ । बार्सिलोनासँग राकिटिको सम्झैता सन २०२१ सम्म रहेको छ । यो सिजन उनले बार्सिलोनाका लागि ४९ मध्ये ४४ खेल खेलेका छन । राकिटिक सन २०१४ सेभिल्लाबाट बार्सिलोनामा अनुबन्ध भएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.