हत्या गरेर फरार रहेका अभियुक्त ९ वर्षपछि पक्राउ

बैशाख २९, काठमाडौं । आर्थिक लेनदेनको कारण हत्या गरेर ९ वर्षदेखि फरार रहेका इन्द्रबहादुर मोक्तान ललितपुरको सानेपाबाट पक्राउ परेका छन । २०६७ असार १ गते काभ्रे गोकुलेका दीर्घ बहादुर गोलेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा ललितपुर महानगरपालिका–२ सानेपा बस्दै आएका ३८ वर्षीय मोक्तान पक्राउ परेका हुन ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई बैशाख २७ गते सानेपाबाटै पक्राउ गरेको हो । पक्राउ परेका मोक्तानलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.