आजदेखि अस्पतालका सय मिटर वरपर सूर्ती चुरोट बेचबिखन निषेध

बैशाख २९, काठमाडौं । प्रहरीले आजदेखि काठमाडौं उपत्यकाका विभिन्न ११ सरकारी अस्पताल वरपर सूर्ती, चुरोट र खुट्खालगायत सूर्तीजन्य वस्तु खान निषेध लगाउने भएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष पहलमा वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल, र्कीतिपुर अस्पताल, सिभिल अस्पताल, थापाथली प्रसूति गृह, आर्मी अस्पताल, प्रहरी अस्पताल, नरदेवी आयुर्वेद, गंगालाल र शुक्रराज शास्त्री अस्पताल वरपर सूर्तीजन्य पदार्थको बेचबिखन र सेवन निषेध गरिएको हो। अस्पतालको एक सय मिटर वरपर बेचबिखन गर्नसमेत रोक लगाइने काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए।

यदी कसैले सेवन तथा बेचबिखन गरे पहलिो पटक सम्झाइ बुझाइ गर्ने र दोहोर्‍याएर गरे एक सय रुपैयाँ जरिवाना तिराइने प्रहरीले जनाएको छ। यसरी उठाइको जरिवान राजश्व स्वरुप नेपाल सरकारको राजश्वमा जम्मा हुनेछ। पहिलो चरणमा सरकारी अस्पतालमा यो नियम लागू गरिएको प्रहरीले जनाएको छ। अर्को चरणमा निजी अस्पतालमा समेत यो नियम लागू गरिने प्रहरीको योजना छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.