फेरि बढ्ने भयो इन्टरनेटको शुल्क

वैशाख २९, काठमाडौं । सरकारको बजेटका कारण चालु आर्थिक वर्षको सुरुमै बढेको इन्टरनेट महसुल सर्वत्र विरोधपछि फिर्ता गरिए पनि आर्थिक वर्षको अन्त्यतिर फेरि बढ्ने देखिएको छ।

नेपाल विद्युत प्राधिकरणले अत्यधिक रुपमा पोलको भाडादर बढाएपछि त्यसको सिधा भार उपभोक्ताको थाप्लोमा पर्ने खेखिएको छ। हालसम्म प्रतिवर्ष प्रतिकिलोमिटर ५ हजार ५० रुपैयाँ तिरिरहेका व्यवसायीले पोलको भाडादर अब १४ हजार पाँच सय रुपैयाँ बुझाउनु पर्नेगरी प्राधिकरणले महशुल बृद्धि गरेको छ।

इन्टरनेट तथा टिभी सेवाप्रदायक संघ, संस्थाहरुले नेपाल विद्युत प्राधिकरणले चर्को महशुल लगाएको भन्दै सेवा बन्द गर्ने चेतावनी दिएका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.