बैशाख २६ ,थाहानगर । थाहा नगरपालिका को टिस्टुङमा आज देखि टोल विकास स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
थाहा नगरपालिका वडा नम्बर ११ र १२ को आर्थिक सहयोगमा टिस्टुङ खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरिएको हो । आज थाहा नगपालिकाका नगर प्रमुख लवसेर बिस्टले प्रतियोगिताको उद्घाटन गरेका छन । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बिस्टले खेलकुद बिकासका निम्ति नगरपालिका सदैभ सकरात्मक रहेको र खेलकुदले आपसी मेलमिलाप तथा पर्यटन प्रवर्दनमा विशेष भुमिका निर्वाह गर्ने भएकोले बिबिध खेलकुदको आयोजन भैरहनु पर्ने र आयोजना गर्नेलाइ नगपालिकाले सहयोग गर्ने बताए । थाहा नगरपालिका ११ मा नव निर्मित तारा खोला खेल मैदान उद्घाटन विशेष पनि यस खेलको आयोजना गरिएको हो । टिस्टुङ्ग खेलकुद बिकास समितिका सम्योजक सुरेन्द्र मुक्तानको सभाध्क्ष्यतामा भएको कार्यक्रममा थाहा नगर खेलकुद बिकास समितिका अध्यक्ष तथा वडा नम्बर ३ का अध्यक्ष राजेस केसि, वडा नम्बर ११ का वडा अध्यक्ष किरनमान बल, वडा नम्बर १२ का वडा अध्यक्ष मान बहादुर स्याङ्तान लगायतको उपस्थिती रहेको थियो ।
समाजमा रहेका युवाहरुको समूह विभिन्न टोलबिकास समितिहरुको सकृयतालाइ मध्यनजर गर्दै आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल बैशाख २८ गते शनिबार हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजार सहित शिल्ड मेडल प्रमाण पत्र, दोस्रो हुने टिमले १० हजार नगद सहित शिल्ड मेडल, प्रमाण पत्र र तेस्रो हुने टिमले नगद ५ हजार सहित शिल्ड मेडल प्रमाण पत्र प्राप्त गर्नेछन । प्रतियोगितामा हरेक म्याचमा म्यान अफ द म्याच घोषणा समेत गरिएको छ जस अन्तर्गत आज भएको विभिन्न ४ खेलहरुमा सिर्जनशिल टोल बिकास समितिका सुमन तामाङ्ग, पन्चशिल टोलबिकास समितिका उमेश तामाङ्ग, गतिशिल टोल बिकास समितिका पृथ्बी तामाङ्ग र प्रगतिशिल टोल बिकासका रोशन बल म्यान अफ द म्याच घोसित भएका छन। म्यान अफ द म्याच घोषित भएका सम्पुर्ण खेलाडिहरुलाइ नगद सहित पुरस्कृत गरिएको छ

