शौचालयको भेन्टिलेशनमा झुण्डिएको अवस्थामा भेटिए घिसिङ

बैशाख २७, चितवन । बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय रत्ननगरस्थित हिरासतभित्रको शौचालयको भेन्टिलेसनमा रहेको तारजाली च्यातेर त्यसको रडमा सट बाँधेर समिर घिसिङ झुण्डिएको अवस्थामा पाइएको छ ।

दिउँसो करिब २ः४५ बजेको समयमा दिसा गर्छु भन्दै शौचालय गएका घिसिङ लामो समयसम्म शौचालयबाट बाहिर नआएपछि हिरासतमै रहेका खेम नेपालीले ढोका मुनिबाट भित्र चियाएका थिए । तर घिसिङलाई नदेखेपछि नेपालीले शौचालयको ढोकालाई बल प्रयोग गरेर खोलेका थिए ।

शौचालको भित्र लगाइएको छेस्किनी सामान्य डोरीको भएकाले सजिलैसँग खोलिएको उनको भनाइ छ । त्यतिखेर घिसिङ सटको पासो लगाएर झुण्डिएको अवस्थामा देखेपछि उनी निकै चिच्चाए । त्यसपछि हिरासतमा रहेका सबै शौचालय पुगे ।

शौचालयमा उनीसँगै पक्राउ परेका किसान तमाङले घिसिङलाई खुट्टामा समातेर उचालेका थिए । उनका अनुसार घटना हुनुभन्दा केही समय अघि घिसिङले आफू पक्राउ परेपछि आफ्नो परिवारनै सोधखोजका लागि प्रहरी कार्यालय नआएको भन्दै दुखेसो पाखेको थिए ।

उनलाई केही मिनेटपछि प्रहरीले रत्ननगर बकुलहर अस्पतालमा आधा घण्टा उपचार गरी भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा लगेको थियो । अहिले घिसिङको आइसीयूमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञावालीले जानकारी दिए ।

यसअघि घिसिङ विभिन्न अभियोगमा ५ पटक पक्राउ परेर पनि छुटिसकेको उनको भनाइ छ । कालिका नगरपालिकाको एक स्थानीय विद्यालयको कम्प्युटर चोरी गरेको अभियोगमा बैशाख २५ गते उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

कालिका नगरपालिका वडा नं १ का २४ वर्षीय घिसिङ बिहीबार दिउँसो करिब २ः ५९ बजेको समयमा झुण्डिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । सो घटना थाहा पाएपछि उनका आफन्त र स्थानीयले कार्यालयमा तोडफोड गर्नुका साथै केहीबेर पूर्वपश्चिम राजमार्ग समेत अबरुद्ध गरेका थिए । तोडफोडमा उत्रिएका ३७ जना र २५ ओटा मोटरसाइकललाई प्रहरीले नियन्त्रण्मा लिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.