जाजरकोटमा महामारी रोक्न म्याद गुज्रेको औषधि पठाइयो

बैशाख २७, काठमाडौं । जाजरकोटमा महामारी रोक्न म्याद गुज्रेको औषधि पठाएकाे छ । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले महामारी फैलन सक्ने ठाउँमा पठाएको औषधिको म्याद बाटोमै गुज्रेको हाे । गर्मीयाम सुरु भएसँगै जिल्लाका ग्रामीण क्षेत्रमा झाडापखाला, टाइफाइड, ज्वरोजस्ता समस्या देखिन थालेका छन् ।

यस्तो अवस्थामा औषधि अभाव हुन नदिन जिल्लाका मुख्य स्वास्थ्य संस्थामा तयारी हालतमा राख्ने भन्दै ती औषधि पठाइएको हो ।जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले सातवटै स्थानीय तहमा पठाएको अधिकांश औषधिको म्याद हप्तादिन मात्र बाँकी छ । केही औषधिको भने म्याद गुज्रिसकेको छ ।

बढीजसो स्टासेफ नामक औषधि रहेको नलगाड नगरपालिका नगरस्वास्थ्य शाखाका प्रचण्ड कार्कीले जानकारी दिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.