बुवाको किरिया नगरेकालाई सामाजिक बहिष्कार

वैशाख २७, काठमाडौं । बुवाको काजकिरिया नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि बारा धरमपुरको एउटा परिवार विस्थापित भएको छ। सुवर्ण गाउँपालिका ६ धरमपुरका ६१ वर्षीय अनुठा यादवको वैशाख १५ गते निधन भएको थियो। अन्त्येष्टिपछि छोराहरू अवधेश र पप्पुले कपला काटेनन भने हिन्दु संस्कारअनुसार किरिया पनि गरेनन्।

उनीहरूले परिवारले अपनाउँदै आएको कविरापन्थी परम्पराअनुसार सात दिनमै बुबाको काजकिरिया सके। हिन्दु संस्कारअनुसार काजकिरिया नगरेपछि गाउँका केही अगुवाले गाउँ भेला डाके। यादव परिवारलाई समाजिक बष्किार गर्ने निर्णय गरे।

त्यसपछि यादवको ९ जनाको परिवार चार दिनदेखि गाउँ छाडेर हेटौंडाको कमानेमा बस्दै आएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.