प्रारम्भ खबर ।
बैशाख २६, काठमाडौं । नेपाल सो कयोकुशिन कराते संघको आयोजनामा प्रथम राष्ट्रिय कराते प्रतियोगीता हुने भएको छ ।
बैशाख २७ र २८ गते हुने उक्त प्रतियोगीतामा सात प्रदेशकै खेलाडीहरुको प्रतिस्पर्धा रहने आयोजकले बताएको छ । सात प्रदेशबाट छनौट भएका विभिन्न तौल समूहका खेलाडीवीच अन्तिम छनौटका लागि ललितपुर स्थित राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलकुद परिषद् सातदोबाटामा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले उदघाटन गरि प्रतियोगीताको सुरु गरिने संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले खेलकुदमा पनि कराते प्राचीन कालदेखि नै खेलिदै र हेरिदै आएको महत्वपूर्ण खेल भएको जानकारी गराउँदै उक्त प्रतियोगीतामा सातै वटा प्रदेशबाट छानिएका खेलाडीलाई निर्णायक खेल खेलाउन राष्ट्रिय प्रतियोगीताको आयोजना गरिएको बताए । प्रतियोगीताले दर्शकको मनोरञ्जन, खेलाडीको हौसला र समग्र खेल क्षेत्रको विकास गर्ने अपेक्षा आयोजकको अपेक्षा रहेको छ ।
सात प्रदेशबाट प्रत्येक तौलमा २÷२ जना खेलाडी छनौट भई राष्ट्रिय प्रतियोगीतामा सहभागी गराएका गरिएको छ । एपिएफ बाट प्रत्येक तौलमा २÷२ जना खेलाडीहरु सहभागी र प्रत्येक तौल समूहबाट १८ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् र सबै तौल समूहहरुबाट ४० जना विजेता बन्नेछन् । प्रत्येक समूहको खेलाडीका लागि पहिलो चरणमा ३ मिनेट समय रहने र बराबरी अवस्थामा थप २ मिनेट थपिनेछ, भने तेस्रो चरण २ मिनेटमा पनि बराबर भएमा निर्णयकको अन्तिम निर्णय रहने उल्लेख गरेको छ । प्रतियोगीतामा प्रतिस्पर्धा गर्ने तौल पुरुष समूहमा ७ वटा तौल तथा महिला समूहमा ३ वटा तौलमा प्रतिस्पर्धा हुने छन् । जस अन्र्तगत पुरुष २५ केजी तौल समूह, ३० केजी तौल समूह, ३५ केजी तौल समूह, ४० केजी तौल समूह, ५० केजी तौल समूह, र पुरुषतर्फ ६० केजी तौलभन्दा माथी समूह खुल्ला प्रतिस्पर्धा गरिने छन् । त्यस्तै महिलातर्फ ३५ केजी तौल समूह, ५० केजी तौल समूह र खुल्लातर्फ ५० केजीमाथी तौल समूहमा प्रतिस्पर्धा रहने छन् ।
पुरस्कार राशीः
प्रत्येक तौल समूहबाट प्रथम बिजेता भएका खेलाडीलाई प्रथमबाट जनही क्रमशः रु. २५०००, रु.१५,०००।–, रु. १०,००० र रु. ५००० का दरले नगद राशी पुरस्कार प्रदान गरिने छ । सिल्ड मेडल तथा प्रमाणपत्रका साथै विभिन्न गिफ्ट ह्याम्पर समेत प्रदान गरिने छ । पुरुष समूहवीचको उत्कृष्ट खेलाडी तथा महिला समूहबिचको उत्कृष्ट खेलाडी १÷१ जनालाई आयोजकले विशेष पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

