८० लाखको पानी सकियो, धूलो उड्न रोकिएनः आक्रोशित बौद्धका व्यवसायी

बैशाख २६, काठमाडौं । धूवा र धूलोले आक्रान्त बनेपछि बौद्धका व्यवसायी आन्दोलनमा उत्रीएका छन्। ४ वर्षदेखि सडक निर्माणका नाममा धूवाँधूलोको सास्ती खप्नु परेपछि बौद्ध व्यवसायी सङ्घमा आवद्ध ४०० व्यापारी सटर बन्द गरेर चक्काजाममा उत्रिएका हुन्।

उनीहरूले विश्व सम्पदा क्षेत्र रहेको चुच्चेपाटी- साँखु सडक खण्ड कालोपत्रे नभएसम्म गाडी गुड्न नदिने बताएका छन्। सडक बनाउने जिम्मेवारी पाएको ठेकेदारले ४ वर्षसम्म निर्माण पूरा नगरेको उनीहरूको आक्रोश छ। धूलोले व्यापार व्यवसाय चौपट भएपछि उनीहरूले ८० लाखको पानीसमेत सडकमा छम्किएका थिए। तर, धूलो कम्ती नभएपछि शंख बजाउँदै आन्दोलनको घोषणा गरेका छन्।

भिडियोमा हेर्नुहोस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.