उपत्यकामै देखियो हैजाको जिवाणु

बैशाख २५, काठमाडौं । काठमाडौं उपत्यकामा हैजा देखिएको छ । काठमाडौं महानगरपालिका–१३ का एक ४५ वर्षीय पुरुषमा हैजा देखिएको हो ।

उनी यही वैशाख १७ गते झाडापखालाको समस्या देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु भर्ना भएका थिए । वैशाख २२ गतेको उनलाई हैजा भएको प्रमाणित भएको अस्पतालले जनाएको छ । अस्पतालले उनको दिसाको नमुना परीक्षण गरेको थियो । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका स्वास्थ्यकर्मीले बिरामीको घर गई स्थलगत निरीक्षणसमेत गरेको बताइएको छ ।

बिरामीको स्थिति सामान्य रहेको र परिवारका अन्य सदस्यमा झाडापखाला नदेखिएको महाशाखाका प्रमुख डा। विवेक लालले बताए । उनले भने, “बिरामीको घरबाट विभिन्न स्रोतका ३ वटा पानीको नमुना संकलन गरी परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ल्याइएको छ । परीक्षणको नतिजा आएपछि मात्र थप जानकारी हुनेछ ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.