बैशाख २५, पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा जमिनमुनिबाट प्राकृतिक ज्ञ्ास निस्किएको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ज्ञ्ास निस्किरहेको हो ।
स्थानीय बासिन्दा राजकुमार पन्थीका अनुसार स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ज्ञ्ास निस्केको हो । फलामको पाइप जमीनमुनि गाड्ने क्रममा ज्ञ्ास बाहिर निस्किरहेको पन्थीले बताए ।
जमीनमुनि गाडेको पाइपबाट गन्ध आएपछि आगो ल्याएर बाल्दा बलेको छ । पाल्पामा पहिलोपटक जमीनमुनिबाट ज्ञ्ास निस्केको हो ।
जमीनमुनिबाट निस्केको ज्ञ्ासमा आगो बलेपछि त्यस क्षेत्रमा अहिले भीड लागेको छ । स्थानीय बासिन्दाले जमीनमुनि गाडेको पाइप ढाकेर राखेका छन । ढाकेको वस्तु हटाएपछि पाइपबाट आगो निस्केको देखिएको छ ।
आगो बोलेको हेर्नका लागि आसपासका क्षेत्रबाट सोलेमा पुगेको स्थानीय बासिन्दा रेखीराम रानाले बताए । यस ज्ञ्ासका बारेमा विस्तृृत अध्ययन अनुसन्धान गरी वैज्ञानिक रुपमा प्रयोग गर्नुपर्ने पन्थीको भनाइ छ ।
पाल्पाका समथल माडीफाँट अन्न उत्पादनका हिसाबले महत्वपूर्ण क्षेत्रका रूपमा लीन्छ । पाल्पामा फलाम खानी, कोइला, चुनढुङ्गा खानी प्रशस्त रहे पनि त्यसको लाभ लिन सकेको छैन ।

