बैशाख २५, काठमाडौँ – मंगलबार राती सार्वजनिक भएको अमेरिकी डाइभर्सिटी भिषा ९डीभी० २०२० को नतिजा हेर्ने आधिकारिक वेबसाइटमा समस्या देखिएको छ ।
युएस डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ काउन्सिलर अफेयरले ट्विट मार्फत एकै पटक अत्यधिक ‘एक्सस’ भएकाले समस्या आएको जानकारी दिएको हो ।
वेबसाइटमा समस्या देखिएपछि अमेरिकी सरकारको डीभी चिट्ठा नतिजा हेर्ने आधिकारिक वेबसाइट डिभीलटरी डट स्टेट डट जिओभीमा समस्या आएकाले भोलि वा पर्सिमा नतिजा हेर्न आवेदकलाई आग्रह गरिएको छ ।

