प्रेम विवाह गर्न खोज्दा जिउँदै जलाए युवतिलाई

बैशाख २४, एजेन्सी । भारतको मध्य प्रदेशको खन्डवा जिल्लाकाे खालवा तहसीलको ग्राम चैनपुरमा एक युवतीलाई उनका पीता र दाइले मट्टितेल हालेर जिउँदै जलाएका छन । इज्जतको लागि भन्दै उनीहरुले प्रमे विवाह गर्न गएकी युवतिको हत्या गरेका हुन ।

१९ वर्षीया युवति लक्ष्मी बाईआफ्ना प्रेमी राजकुमार लौवंशीका घरमा गएकी थीन । त्यहाँबाट उनका बुबाले उनलाई घिर्सादै घर ल्याएका थिए । प्रहरीका अनुसार त्यसपछि उनका पीता सुन्दरलाल जाटव र दाइ राजेन्द्रले मट्टितेल हालेर उनलाई जलाएका हुन । सोही क्रममा उनले ज्यान गुमाएको हो । जलाउने बुबा र दाइलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएका छन । जानकारी अनुसार ती विगत १० महिनादेखि दुवै युवा-युवति शुक्रबार कार्ट म्यारेज गर्ने तयारीमा थिए । तर केही गाँउलेहरु र उनको परिवारले भने उनी आफैले आत्महत्या गरेको दाबी गरिरहेका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.