प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिदै

नीति तथा कार्यक्रममाथि संसद्मा भएको छलफलका क्रममा उब्जिएका प्रश्नहरुको प्रधानमन्त्रीले जवाफ दिने प्रचलनअनुसार प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर त्यसबारे प्रष्ट पार्न लागेका हुन् ।  गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल आज सकिँदै छ । लगत्तै प्रधानमन्त्रीले त्यसबारे जवाफ दिने कार्यसूची तय भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

विपक्षीले नीति तथा कार्यक्रमको आलोचना गरेका छन् भने सत्तापक्षले बचाउ गरेका छन् । विपक्षीले खासगरी राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ पदावली र संविधान सर्वस्वीकार्य भएको शब्दावलीप्रति आपत्ति जनाएका छन् । नीति तथा कार्यक्रममा नयाँपन आउनु पर्ने भए पनि त्यसो नभएको तर्क गर्दै कांग्रेसलगायतका दलले ६ वटा संशोधन दर्ता गराएका छन् ।

प्रधानमन्त्रीले आज विपक्षीले उठाएका यिनै प्रश्नहरुको सेरोफोरोमा रहेर जवाफ दिनेछन् । प्रधानमन्त्रीले जवाफ दिएपछि आवश्यक संशोधनसहित नीति तथा कार्यक्रम पारित गर्ने संसद्को कार्यसूची छ । यसैबीच, यही २७ गतेबाट बजेट तयारीबारे संसद्मा छलफल हुने भएको छ । यसअघि नीति तथा कार्यक्रमअगावै यस्तो छलफल हुने गरेको भए पनि यसपटक सार्वजनिक पछि छलफल हुन लागेको हो । जसमाथि विपक्षीहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.