५६ हजारले लिए राष्ट्रिय परिचयपत्र

बैशाख २३, काठमाडाैंँ । पाँचथरबाट शुरु भएको राष्ट्रिय परिचयपत्र वितरणमा हालसम्म ५५ हजार ९१५ पाँचथरवासी नेपाली नागरिक समेटिएका छन ।

गत असार ५ गतेबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्न थालिएकामा मङ्सिर ३ गतेदेखि सो परिचयपत्र वितरण गर्न थालिएको थियो ।हालसम्मम ५५ हजार ९१५ ले उक्त परिचयपत्र लीसकेका र करीब १९ हजार परिचयपत्र छपाइ भइसकेको जनाइएको छ ।

एक लाख १० हजार जिल्लावासी नेपाली नागरिकलाई उक्त परिचयपत्र वितरण गर्ने उद्देश्यका साथ अभियान शुरु गरिएकामा ८५ हजार पाँच सय दुई जनाको विवरण सङ्कलन भइसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको जिल्लास्थित कार्यालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.