टाउको एउटा, ८ वटा खुट्टा र जिउ दुई वटा

बैशाख २३, पाल्पा । सामान्यतया पशु चौपायाको दुई वटा कान र ४ वटा खुट्टा भएको तपाईँ हामी सबैले देखेकै र भोगेको कुरा हो तर जिल्लाको रामपुर नगरपालिकामा भने एक कृषकको बाख्राले आश्चर्य जनक खालको बच्चा जन्माएको छ ।

पाल्पा रामपुर ६ तालपोखराका कृषक गोविन्द बहादुर घर्तीले पालेको बाख्राले अनौठो बच्चा जन्माएको हो । बाख्राले एउटा टाउको, आठ वटा खुट्टा, छातीबाट तल दुई भाग फाटेर छुट्टिएको चार वटा कान भएको र पाठापाठी नचिनिने अवस्थाको जिउँदो बच्चा जन्माएको छ ।

बाख्राले अनौठो खालको बच्चा जन्माए पछि आइतबार अनौठो बाख्राको बच्चा हेर्नेको भीड समेत लागेको छ । सँगै जन्मिएका दुई वटा बच्चा भने अन्य बच्चा जस्तै स्वास्थ्य र सामन्य जन्मिएका थिए । एउटा बच्चा अचम्मको जन्मियो” गोविन्दबहादुर घर्तीले बताए ।

जन्मिएको डेढ घण्टा पछि भने अनौठो बच्चा मरेको थियो । विगत १२ वर्ष देखि घर्ती परिवारले बाख्रा पालनको सुरुवात गरेका थिए । घर्तीले पालन गरेका बाख्राले दुई पटकसम्म जुम्ल्याहा र लगातार तिम्ल्याहा पाठापाठी जन्माएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.