भिर मौरीको मह खाँदा १० बिरामी, दुईको अवस्था गम्भीर

बैशाख २३, धादिङ । उत्तरी धादिङको रुविभ्याली गाउँपालिका– ४ बोराङमा भिर मौरीको मह खाँदा १० जना बिरामी भएका छन ।

रामीपर्नेमा २० वर्षीय हिमाल विक, ५२ वर्षीय नोप्चा लामा, ६२ वर्षीय च्याजोम तामाङ, २४ वर्षीय लालु विक, १५ वर्षीया सुष्मा तामाङ, १६ वर्षीय मे लामा तामाङ, ५५ वर्षीय कान्छा लामा तामाङ, हन्दिुङ निवासी ३५ वर्षीय तेसमान तामाङ र ४२ वर्षीया मेञ्जित माया तामाङ, ५२ वर्षीय चोकबहादुर तामाङ, रहेका छन ।बिरामीमध्ये तेसमान र कान्छा लामाको अवस्था गम्भीर रहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उनीहरुलाई उपचारका लागि हेलिकप्टरको सहायताले काठमाडौँ लगिएको छ ।सामान्य बिरामी परेका अन्य आठ जनाको बोराङ स्वास्थ्य बिन्दुमा उपचार भइरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.