वैशाख २२, काठमाडौं । भारतको हिन्द महासागरको तटवर्ती क्षेत्र हुँदै बंगलादेश प्रवेश गरेको शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण बंगलादेशमा पाँचजनाको मृत्यु भएको छ ।
आँधीमा परेर त्यहाँ ६० जनाभन्दा बढी घाइते भएका छन् ।आँधीले एक हजारभन्दा बढी घर ध्वस्त बनाइदिएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।
बंगालको खाडीबाट प्रतिघन्टा झन्डै २०० किलोमिटरको बेगमा सो आँधी भारतको ओडिसा राज्य हुँदै बंगलादेश पुगेको हो ।
आँधीका कारण विद्यालय र कलेजहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । यसअघि, सो आँधीले भारतमा १६ जनाको ज्यान लिएको जनाइएको थियो । –एजेन्सी

