बैशाख २२, डोटी । डोटीमा बाख्राको काँचो मासु खाँदा १६ जना बिरामी परेका छन । जिल्लाको दर्श गाउँपालिका १ मेलगडा गाउँमा विशाक्त काँचो मासु खाएको कारण उनीहरु बिरामी परेको बताइएको छ । बिरामी परेकामा बाल-बालिकालगायत वृद्ध-वृद्धासमेत रहेकाे बताइएकाे छ ।
बिरामीहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ। अहिले उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । शनिबार दिउँसो सबै बसेर काँचो मासु खाने १६ जनामा समस्या आएको स्थानीयले जानकारी दिएका दिएका ।
१६ जना मध्ये सामान्य अवस्था रहेका मानी खड्का र उनका छोरा नारद र छोरी १० वर्षीया अनिसा खड्का स्थानीय मेडिकलमा सामान्य उपचारपछि घर फर्किएका छन्। बाँकी १२ जनाको उपचार भइरहेको र आज बेलुकीसम्म उनीहरुको पनि डिस्चार्ज हुने अस्पतालले जानकारी दिएको डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

