वडा अध्यक्षबाट कुटिए फोरम नेता

वैशाख २२, धनुषा । संघीय समाजवादी फोरम नेपालका नेता राजकिशोर महतो वडा अध्यक्षबाट कुटिएका छन ।

प्रदेश २ बाट प्रदेश सांसदको उम्मेदवार बनेका महतो धनुषाको बटेश्वर गाउँपालिका ३ का वडाध्यक्ष हिरालाल महतोबाट कुटिएको प्रत्यक्षदर्शी गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले जानकारी दिए। नेता महतो धनुषा ४ (ख) बाट पछिल्लो चुनावका उम्मेदवार हुन्।

प्रदेश सरकारले गाउँपालिकामा पठाएको ५० लाख अनुदान बजेटको विषयमा भनाभन हुँदा कुटाकुट भएको हो। गाउँमा विकासको लागि प्रदेश सरकारले पठाएको बजेटबाट फोरमका नेता महतो मन्दिर निर्माण गर्ने पक्षमा छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.